विश्वकप क्रिकेट : अभ्यास खेलमा इंग्ल्याण्ड र अस्ट्रेलिया तथा भारत र न्यूजील्याण्ड खेल्दै

 जेठ ११, २०७६ शनिबार १३:५६:३३ | एजेन्सी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शनिबार २ वटा अभ्यास खेल हुँदैछन् । ३० तारिखदेखि सुरु हुने विश्वकप क्रिकेट अघि प्रतियोगितामा सहभागी १० वटै टिमले २ वटा अभ्यास खेल खेल्ने छन् । जसअन्तर्गत शनिबार दिउँसो नेपाली समय अनुसार सवा ३ बजे २ वटा अभ्यास खेल हुनेछन् ।

साउथ ह्याम्पटनमा इंग्ल्याण्ड र अस्ट्रेलिया आमने सामने हुने छन् । इंग्ल्याण्ड इयोन मोर्गनको कप्तानीमा विश्वकप खेल्दै छ । अस्ट्रेलिया भने एरोन फिन्चको कप्तानीमा छ । 

शनिबारको खेलमा इंग्ल्याण्डका कप्तान मोर्गन खेल्ने सम्भावना कम रहेको छ । अभ्यासका क्रममा उनी घाइते भएका थिए ।

यसैगरी लण्डनमा शनिबार नै भारत र न्यूजील्याण्डको अभ्यास खेल हुने छ । भारत विराट कोहलीको कप्तानीमा विश्वकप खेल्दै छ भने न्यूजील्याण्ड केन विल्मसनको नेतृत्वमा छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया