रमेश बिजीको नेतृत्वमा दोहोरी गीत प्रतिष्ठान

 मंसिर ९, २०७६ सोमबार १२:४४:५२ | देव पचभैया
unn.prixa.net

कास्की – पोखरामा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ महाधिवेशनमा रमेश बि.जी अध्यक्ष पदमा विजयी हुनुभएको छ । 
प्रतिस्पर्धी विष्णु खत्रीलाई हराउँदै बि.जी निर्वाचित हुनुभएको हो । ५८४ मत पाएर बि.जी निर्वाचित हुँदा खत्रीले ५४५ मत पाउनुभएको हो । 

त्यस्तै कोषाध्यक्षमा राजु ढकाल विजयी हुनुभयो । प्रतिस्पर्धी तारापति सुवेदीलाई पराजित गर्दे ढकाल निर्वाचित हुनुभएको हो । निर्वाचन समितिकाअनुसार ढकालले ७७२ र सुवेदीले ७३५ मत प्राप्त गर्नुभएको छ ।  

प्रतिष्ठानको सह कोषाध्यक्षमा ईश्वरीप्रसाद भुसाल, प्रशासनिक सचिवमा कृष्ण रेउले विजयी भए । सात जना सचिवमध्ये खुलामा जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जि.सी, वसन्त थापा र पुश्कल शर्मा निर्वाचित भएका हुन् । 

निर्वाचनमा महिला केन्द्रीय सदस्यमा सम्झना लामिछाने मगर, जानकी तारमी मगर, अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृता लुंगेली मगर, सरला पाण्डे र सीता राना विजयी भएका छन् । 

त्यस्तै खुला केन्द्रीय सदस्यमा देवी घर्ती, पीएन सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दीपक गरौजा मगर, सागर गुरुङ, विक्रम थापा र युवराज मगर विजयी भएका हुन् ।  

निर्विरोध निर्वाचित हुनेहरु 

सहमतिका लागि भएको प्रयास असफल भएपछि प्रतिष्ठानको अध्यक्षसहित केही पदमा निर्वाचन भएको हो । निर्वाचनअघि रिता थापा वरिष्ठ उपाध्यक्ष, पशुपति शर्मा प्रथम उपाध्यक्ष, रामजी खाँड द्वितीय उपाध्यक्ष, राधिका हमाल महिला उपाध्यक्ष, दीपक खड्का तृतीय उपाध्यक्ष, सुवास केसी महासचिव, शंकर बिसी उपमहासचिव, शिव हमाल उपमहासचिव, खुमन अधिकारी सांगठनिक सचिव, जमुना राना मगर महिला सचिव र पूर्णकला बिसी सहकोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया