ओली र प्रचण्डबीच ११ दिनपछि भेटवार्ता, ओलीले 'एकलौटी' गरेको प्रचण्डको गुनासो

 कात्तिक १५, २०७७ शनिबार १४:५६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यवाहक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ११ दिनपछि भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले पटक पटक बोलाउँदा पनि बालुवाटार नगएका कार्यवाहक अध्यक्ष प्रचण्ड आज भने बालुवाटार जानुभएको र अहिले छलफल भइरहेको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

सरकारले गर्ने महत्वपूर्ण निर्णय र नियुक्तिमा पार्टीभित्र छलफल गर्ने सहमती भए पनि प्रधानमन्त्री ओलीले एकलौटी निर्णय र नियुक्तिलाई निरन्तरता दिएपछि प्रचण्डले असन्तुष्टि जनाउँदै आउनुभएको छ । अध्यक्ष प्रचण्ड बालुवाटार नगएपछि ओलीले विष्णु पौडेल, शंकर पोख्रेल, प्रदीप ज्ञवाली लगायतका दोस्रो तहका नेताहरुलाई दूतको रुपमा खुमलटार पठाउँदै आउनुभएको थियो ।

आजको भेटमा राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र पर्सा घटना लगायतका विषयमा छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक सापकोटाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले बोलीमा एउटा कुरा भन्ने र व्यवहारमा अर्को निर्णय गरेको भन्दै प्रचण्डले गुनासो गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया