सचिवालय बैठक राख्न ओली तयार, शुक्रबार दिउँसो ४ बजे बैठक बस्ने

 कात्तिक २७, २०७७ बिहिबार १५:८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि (शुक्रबार) बस्ने भएको छ । महासचिव विष्णु पौडेलमार्फत सचिवालय बैठक शुक्रबार दिउँसो ४ बजेका लागि तय भएको नेकपाले जनाएको छ ।

नेकपाको विधानमा सचिवालय बैठक दुई अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था रहेको छ । यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा छलफल गरेर बैठक बोलाउन अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीसँग लिखित रुपमै आग्रह गरेका थिए ।

अध्यक्ष ओली सचिवालय बैठक बोलाउन सहमत नदेखिए अर्का अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यहरू बैठक बसेर स्थायी कमिटी बैठक तय गर्ने पक्षमा रहनुभएको थियो । राजदूत नियुक्ति, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावलगायत कारण नेकपाभित्रको विवाद चुलिँदै गएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया