इतिहासमा सम्झनै पर्ने अर्को दिन : अविश्वास प्रस्ताव, संसद् विघटन, चुनाव घोषणा र नियुक्तिको निर्णय छिनका छिन !

 पुस ५, २०७७ आइतबार २०:३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – २०७७ सालको पुस ५ गते इतिहासमा सम्झनै पर्ने अर्को दिन भएको छ । पुसको चिसोमा बिहानैदेखि राजनीतिक घटनाक्रम एकाएक तातियो ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको सिफारिस गर्नुभयो । प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गर्दै चुनावको मिति घोषणा गर्नुभयो । 

संसद विघटनको सिफारिसअघि नै नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको खुलासा भयो । ओलीले संसद बिघटन गरेपछि प्रचण्ड–नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएका छन् ।

हेर्नुहोस् आइतबार दिनभरका मुख्य खबर :

राष्ट्रपतिद्वारा संसद् विघटन, वैशाख १७ र २७ गते प्रतिनिधि सभा चुनाव

संसद् विघटन हुनुअघि नै ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता ! (९० जना सांसदकाे नामसहित)

सात जना मन्त्रीको राजीनामा

परराष्ट्रमन्त्रीको भनाइ : ‘अहिलेलाई नो कमेन्ट, बेला आएपछि बेली विस्तार सुनाउँछु’ 

ओलीलाई कारबाही गर्ने स्थायी कमिटीको निर्णय, कृष्णबहादुर महरा सदस्यमा नियुक्त

नेकपाको झगडा अन्ततः न रहे बाँस, न बजे बाँसुरीमै पुग्यो

ओलीकाे कदम गलत, गणतन्त्रका मूल्य–मान्यता समाप्त पार्नेछ : वामदेव गाैतम

संसद् विघटन : धारा ७६ र ८५ मा के छ ?

निर्वाचन आयोगले भन्यो– ‘एकै चरणमा चुनाव गरौँ, सस्तो पर्न जान्छ’

अख्तियार प्रमुखमा प्रेमकुमार राई सिफारिस

गएको २४ घण्टामा एक हजार ९७ जना कोरोना मुक्त

संसद् विघटन गर्नु संविधानकाे चीरहरण : कांग्रेस 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • मित्र बहादुर कार्की

    Dec. 20, 2020, 8:40 p.m.

    कुकूर लाइ घ्यू किन पच्थ्यो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया