मङ्गलबार विशेष : नेकपाका दुवै समूहको दाबी– वैधानिक हामी हो अर्को हैन, पार्टी फुटेको पनि छैन !

 पुस ७, २०७७ मंगलबार २०:४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मंगलबार नेकपाका दुई समूहको छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक बस्यो ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले केन्द्रीय कमिटीमा सदस्यहरुको संख्या थप्दै प्रदीपकुमार ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले चाहिँ ओलीलाई पार्टी अध्यक्षबाट हटाएको घोषणा गर्दै नेपाललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ ।

दुई छुट्टाछुट्टै भेला गरेर दुवैले आफूहरु नै वैधानिक भएको दाबी गरे । सँगै बस्न नसकेर दुईतिर भेला गरे पनि दुवै समूहले पार्टी फुटेको बताएनन् । पार्टी एकता कायमै रहेको दाबी गरे ।

उपाध्यक्ष वामदेव गौतम र सचिवालय समस्य रामबहादुर थापा भने दुवैतिरको भेलामा गएनन् ।

हेर्नुहोस् मंगलबार दिनभरका मुख्य खबर :

ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–नेपाल बैठकको निर्णय

ओली भेलाको निष्कर्षः 'अध्यक्ष, महासचिव र माइन्यूट हामीसँगै छ, अर्को पक्ष अवैधानिक'

‘प्रचण्ड–नेपाल समूहले सरकारलाई असफल बनाउन प्रयास गरिरहेका छन्’

ओलीलाई प्रचण्ड–नेपालको जवाफ : ‘कोठे बैठकको होइन, दुई तिहाइ सदस्यको शक्ति हेर्नुहोस्’

आउँदाे मंसिर २ गते एकता महाधिवेशन गर्ने ओली पक्षीय भेलाको निष्कर्ष

ओली भेलाको निर्णयः पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई, ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने

ओलीको कदमले देश गम्भीर सङ्कटमा : देउवा

संसद् सक्रिय रहेको आदेशको माग गर्दै नेकपाका सांसद सर्वोच्चमा

संसद् विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट, भोलि सुनुवाइ हुने

बेलायतबाट नेपाल आउन प्रतिबन्ध

उखु किसान १० दिनदेखि आन्दोलनमा, देशको राजनीतिले माग छायामा (फाेटाेहरू)

थप ७२२ जनामा काेराेना सङ्क्रमण, ९६६ जना डिस्चार्ज

नेप्से झण्डै सय अङ्कले बढ्यो, ११ वटा कम्पनीका शेयरधनीले ९ प्रतिशतभन्दा धेरै कमाए

भिजिट भिसामा वैदेशिक रोजगारी, बढ्दै ठगी

कोरोना भाइरसको 'नयाँ प्रकार' देखिएको बेलायतमा फाइजर र मोडेर्नाको खोप परीक्षण

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया