ताप्लेजुङमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा बिरामीलाई सास्ती

 जेठ १०, २०७८ सोमबार १५:२१:४० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा बिरामीले सास्ती पाएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढिरहे पछि बिरामीले उपचार पाउन मुस्किल छ ।

जिल्लामा न भेन्टिलेटर छ, न आईयीसू  छ । जिल्ला अस्पतालमा अहिलेसम्म पनि १५ शय्या मात्र छ । ५० शय्या बनाउने भनेर सरकारले भने पनि अहिलेसम्म बन्न सकेको छैन । अस्पतालमा न पर्याप्त जनशक्ति छ, न उपकरण नै छ ।

बिरामीलाई  झापा तथा विराटनगर रेफर गर्नुको विकल्प छैन । एम्बुलेन्समा आठ घण्टाको यात्रामा पुगिने यी क्षेत्रमा लाँदा लाँदै बाटैमा धेरै जनाको ज्यान जाने अवस्था छ । रोगबारे जनस्तरमा सचेतना कम हुनुले झन् क्षति बेहोर्नु परिरहेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुँदै आएकाे पनि छ ।

सदरमुकाममा सातसहित ताप्लेजुङमा अहिलेसम्म काेराेना भाइरसकाे सङ्क्रमणका कारण नाै जनाको ज्यान गइसकेको छ । पछिल्लो लहरमा मात्र चार सय ६५ जना सक्रिय सङ्क्रमित भएका छन् । तर परीक्षणको दायरा फराकिलो बनाउने हो भने यो सङ्ख्या अझ धेरै हुने अनुमान गरिएको छ ।

जिल्ला अस्पतालमा जम्मा दुई जना डाक्टरसहित १२ जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि अहिले एक जना डाक्टरसहित ६ जना मात्र स्वास्थ्यकर्मी रहेको जिल्ला अस्पतालका प्रमुख डाक्टर साेनिङ लामाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया