त्रिदेशीय क्रिकेट श्रृङ्खलामा नेपाल अमेरिकासँग ६ विकेटले पराजित

 असोज २, २०७८ शनिबार ६:३४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलाको तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको छ ।

ओमानको अल अमिरात मैदानमा गएराति नेपालले दिएको एक सय ७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर तीन बलमा मात्रै चार विकेट गुमाएर भेट्टायो ।

अमेरिकाका स्टेभेन टेलरले ६३ बलमा ९२ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४८ ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ३६ र राष्ट्रिय टोलीमा डेब्यु गरेका गुलशन झाले २८ रन बनाए । लिग अन्तर्गत अमेरिकासँग यसअघि भएका तीन वटै खेलमा नेपाल विजयी भएको थियो ।

नेपालले अर्को खेल भोलि ओमानसँग खेल्नेछ । लिग–२ मा ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा छ । भने नेपाल ७ खेलमा ६ अङ्क जोडेर छैटौँ स्थानमा छ । 


 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया