चीनमा भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४६ पुग्यो : १६ जना अझै बेपत्ता

 भदौ २१, २०७९ मंगलबार ८:२१:९ | एजेन्सी
unn.prixa.net

चीनमा गएको भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४६ पुगेको छ । दक्षिण पश्चिम चीनमा ६ दशमलव ६ रेक्टर स्केलकाे भूकम्प जाँदा अन्य केही घाइते भएका छन् ।

भूकम्पले सञ्चारसम्पर्क विच्छेद हुनुका साथै पहाडमा पहिरो गएको छ । गएको हप्ता सिचुआनको राजधानी चेङ्डुकाका झण्डै २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो ।

भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २ सय २६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको ज्यान गएको छ ।

भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया