चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपाल संलग्न भए/नभएकोबारे प्रष्ट पारियाेस् : काेइराला

 भदौ २१, २०७९ मंगलबार १४:३७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे, काेइरालाकाे फेसबुकबाट

काठमाण्डाै – पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले चीनले अगाडि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपाल संलग्न भए/नभएकोबारे प्रष्ट पार्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा बोल्दै नेत्री कोइरालाले परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको बारेमा चिनियाँ पक्षबाट जारी भएको विज्ञप्तिमा ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको संलग्नताबारे उल्लेख भएको भन्दै त्यसबारे सरकारसँग जवाफ माग गर्नुभएको हो ।

चिनियाँ राजदूत होउ यान्छीको एउटा दैनिकमा छापिएको लेखमा पनि त्यही आशयको भनाइ प्रकाशित भएको र राष्ट्रिय सभाका अध्यक्षसँगको भिडिओ कन्फेरेन्समा चिनियाँ सरकारका उच्च राजनीतिक सल्लाहकारले ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालले सहयोग गरेबापत धन्यवाद ज्ञापन र स्वागत गर्दछौँ भनेको कुराले आशङ्का जन्माएको कोइरालाको भनाइ छ ।

कुनै पनि सेक्युरिटी अलाइन्समा सहमति नगर्ने नेपालको नीति रहेको भन्दै कोइरालाले चीनले अगाडि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपाल संलग्न भए/नभएको बारे परराष्ट्रमन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो । 

बैठकमा बाेल्दै नेत्री कोइरालाले उत्तरी नाका लामो समयदेखि बन्द हुँदा व्यापार, व्यवसाय प्रभावित भएको भन्दै कुटनीतिक संवादमार्फत समस्याको समाधान गर्न पनि आग्रह गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया