पाकिस्तानी प्रधानमन्त्रीद्वारा चीनको प्रशंसा

 असोज १४, २०७९ शुक्रबार १४:५२:५० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले चीन र चिनियाँ नेतृत्वको प्रशंसा गर्नुभएको छ । पाकिस्तानी प्रधानमन्त्री शरिफले भर्खरै पाकिस्तानमा आएको बाढी, पहिरो र यसका कारण भएको जनधनको क्षतिमा चीनले सहयोग गरेको बताउँदै चीनको प्रशंसाशा गर्नुभएको हो ।

इस्लामावादमा पाकिस्तानका लागि चीनले आज शुक्रवार आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रममाा बोल्दै प्रधानमन्त्री सरिफले पाकिस्तानमा आएको बाढी र पहिराेले पुर्‍याएकाे क्षतिपछि समयमै चीनले खाद्यान्नलगायतका सामग्री सहयोग गरेर पाकिस्तानी नागरिकलाई सान्त्वना प्रदान गरेको बताउनुभयो ।

पाकिस्तानमा बाढीबाट दशौँ हजार नागरिक घरबारविहीन भएका र उनीहरूलाई खाना र बस्नकाे समस्या भएका बेला चीनले ठूलो सहायता प्रदान गरेको प्रधानमन्त्री शरिफले बताउनुभयो ।

शुक्रवार बिहान इस्लामावादमा रहेकाे पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयमा आयोजना भएको कार्यक्रममा चीन सरकारले पाकिस्तानलाई ६ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग हस्तान्तरण गरेको थियो ।

पाकिस्तानका बाढी पीडितका लागि चीनले अघिल्लो महिनादेखि नै खाद्यान्न, औषधि एवम् अन्य सहयोग उपलब्ध गराउँदै आएको छ । यस वर्षको मनसुनी वर्षाका कारण पाकिस्तानमा बाढी र पहिरोले ठूलो जनधनको क्षति गराएको छ ।

यस वर्षको मनसुनी वर्षाबाट पाकिस्तानमा एक हजार पाँच सय जनाभन्दा धेरैकाे ज्यान गएको छ भने भौतिकलगायतका संरचनामा क्षति पुगेको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया