चीनको राजधानी बेइजिङमा शीतलहरको चेतावनी

 मंसिर १३, २०७९ मंगलबार ८:३६:४७ | एजेन्सी
unn.prixa.net

चीनको राजधानी बेइजिङमा चिसो बढ्दै गएको छ । त्यहाँको मौसम पूर्वानुमान महाशाखाले भोलि केही दिन चिसो अत्यधिक बढ्ने र शीतलहर चल्ने चेतावनी दिएको छ । महाशाखाले चिसो सिरेटाे चल्ने चेतावनीसहित आवश्यक सावधानी अपनाउन नागरिकलाई सचेत गराएको छ ।

शीतलहरका कारण दैनिक अधिकतम तापक्रम १३ डिग्री सेल्सियसबाट घटेर माइनस तीन डिग्री सेल्सियससम्ममा झर्ने अनुमान छ । भोलि बुधवारसम्म तापक्रम १६ डिग्री सेल्सियससम्म घट्ने र चिसो सिरेटाे चल्ने महाशाखाले जनाएको छ ।

शीतलहरबाट नागरिकलाई जोगाउन कृषि, वन, यातायातलगायत सरकारी निकायले आवश्यक तयारी गरिरहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । बेइजिङका बासिन्दालाई अतिआवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन र न्यानो रहन सल्लाह दिइएको छ । बेइजिङमा केहीदिनदेखि  ‘शून्य कोभिड नीति’ विरुद्ध प्रदर्शन हुँदै आएको छ ।

यो प्रदर्शनका कारण जनजीवन अस्तव्यस्त बनेको छ । साथै चिसो र शीतलहरले अझ समस्या पार्ने अनुमान छ । यसैबीच अत्यधिक चिसोका कारण मङ्गोलियाको राजधानी उलानबटारका सबै विद्यालय र विश्वविद्यालयका भौतिक कक्षा बन्द भएका छन् ।

अत्यधिक चिसो, भारी हिमपात र हिम आँधीका कारण सहरका सबै विद्यालय र विश्वविद्यालय बन्द गरेर अनलाइन कक्षा सुरु गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया