अवधि समाप्त हुनु अघि नै श्रम स्वीकृति नवीकरण गरौँ : दूतावास

 मंसिर २०, २०७९ मंगलबार १३:४०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  कतारमा कार्यरत श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै नवीकरण गर्न त्यहाँ  रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

श्रम अवधि सकिएपछि विदेशमा रहँदा कुनै दुर्घटना वा गम्भीर बिरामी भएमा कानुन अनुसार पाउने सेवा सुविधाबाट समेत वञ्चित भइने भन्दै दूतावासले श्रम स्वीकृतिको अवधि सकिनु अघि नै नवीकरण गर्न अनुरोध गरेको हो ।

वैदेशिक रोजगारीको क्रममा श्रम अवधि भित्रै कुनै पनि कारणले मृत्यु भएमा वा अन्य कुनै घटनामा परि गम्भीर बिरामी भएमा वैदेशिक रोजगार बोर्डमार्फत आर्थिक सहायता पाइन्छ  भने विदेश जानु पूर्व श्रम स्वीकृति लिने बेलै गरेको बिमामार्फत पनि रकम पाइन्छ । तर समयमा श्रम नवीकरण नगराएमा श्रम स्वीकृतिको म्याद सकिए पछि कुनै दुर्घटना भएमा यस्तो सहायता पाइँदैन । 

नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनै पर्ने व्यवस्था छ । एक पटक श्रम स्वीकृति लिएर विदेशमा काम गरी घर फर्किएर पुनः त्यही काममा फर्कँदा यदि श्रम स्वीकृतिको अवधि सकिएको भएमा अनिवार्य रूपमा श्रम नवीकरण गर्न पर्छ । 

पछिल्लो समय श्रम स्वीकृति अनलाइनमार्फत नै लिन सकिन्छ । वैदेशिक रोजगार विभागको वेबसाइट www.feims.gov.np मा लग इन गरी संसारको जुनसुकै देशबाट पनि श्रम स्वीकृति नवीकरणका लागि आवेदन दिन सकिन्छ । 

यस्तै श्रम स्वीकृति लिँदा कल्याणकारी कोष र बिमाबापत तिर्नु पर्ने रकम पनि अहिले त आफू रहेकै देशमा रहेको आफ्नो बैङ्क खाताबाट नेपालमा रहेको वैदेशिक रोजगार बोर्डमा र बिमा कम्पनीहरूको खातामा सोझैँ पठाउन सकिन्छ । 

श्रम नवीकरण गर्नका लागि सिस्टममा लगइन गर्दा पासवर्ड बिर्सिएमा आफ्नो राहदानीको प्रतिलिपिसहित दूतावासमा इमेल गर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया