पिचले साथ दिँदा लगातार जित निकाल्न सकेका हौँ : ज्ञानेन्द्र मल्ल

 फागुन ६, २०७९ शनिबार २०:२०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नामिबियाविरुद्ध कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाएपछि नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पिचले साथ दिँदा लगातार सफलता मिलेको बताएका छन् । 

शनिवार नामिबियाविरुद्ध  ज्ञानेन्द्र र आसिफले कीर्तिमानी साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्याएको खेलमा पूर्व कप्तान ज्ञानेन्द्रले पिचले साथ दिएको प्रतिक्रिया दिएका हुन् । 

यस्तै उनले नयाँ प्रशिक्षकको प्रशिक्षणमा पनि टोलीमा राम्रो प्रदर्शन भएको बताए । ज्ञानेन्द्रले पहिलेभन्दा अहिलेको विकेट धेरै राम्रो भएको तथा विगतभन्दा अहिले खेलाडीहरूमा परिपक्वता बढेको बताए ।  उनले पहिलो खेलबाट प्राप्त नतिजाले लगातारका खेलमा सुखद् नतिजा निकाल्न सहयोग मिलेको बताए । लगातारको जितले आत्मविश्वास बढेको र ड्रेसिङ रुममा प्रशिक्षकले मिलाएको सहजताका कारण पनि ब्याटिङमा सुधार भएको ज्ञानेन्द्रले बताएका छन् । 

यस्तै आसिफ शेखले टिमभित्रको वातावरण राम्रो भएको र खेलाडीहरु अहिले ठूलो टार्गेट पूरा गर्न सकिरहेको बताए । अघिल्लो दुई खेलमा आफ्नो ब्याट चल्न नसकेकाले दुःखी देखिएका आसिफले शनिवारको खेलमा रन बनाउन सक्दा खुशी लागेको प्रतिक्रिया दिए । नेपालले लगातार जित निकाल्दा प्रशिक्षक मोन्टी देशाईको भूमिका निकै राम्रो भएको बताए ।

ओपनर आसिफ सेख र अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारीमा नेपालले शनिवार नामिबियामाथि तीन विकेटकाे जित निकाल्दै त्रिकोणात्मक शृङ्खलामा पहिलो पटक लगातार तेस्रो जित निकालेको छ । यसले नेपालको एक दिवसीय मान्यता जोगिने सम्भावना कायमै रहेको छ। 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया