चीनले रक्षा बजेट बढाएर सात दशमलव दुई प्रतिशत पुर्यायो

 फागुन २२, २०७९ सोमबार ७:३६:१७ | एजेन्सी
unn.prixa.net

 चीनले चालु वर्षको रक्षा बजेट ७ दशमलव २ प्रतिशत पुर्याएको छ ।

हिजोदेखि बेइजिङमा सुरु भएको राष्ट्रिय जनकङ्ग्रेस एनपीसीको प्रथम वार्षिक अधिवेशनमा सरकारी कार्यप्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ली खछ्याङले रक्षा बजेट बढाएर कुल बजेटको सात दशमलव दुई प्रतिशत पुर्याएको जानकारी दिनुभएको बीबीसीले जनाएको छ ।

मस्यौदा बजेट अनुसार रक्षा बजेट दुई सय २४ अर्ब ७९ करोड अमेरिकी डलर रहेको छ । गएको वर्ष रक्षा क्षेत्रको बजेट सात दशलमव एक प्रतिशत थियो ।  पश्चिमा देशहरुले चीनको सैन्य खर्चलाई विशेष चासोका साथ हेर्ने गरेका छन् । उनीहरूले रक्षा क्षेत्रमा चीनले अनपेक्षित रूपमा रकम विनियोजन गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।

जटिल सुरक्षा चुनौतीको सामना गर्न तथा आफ्नो प्रमुख जिम्मेवारी पूरा गर्न प्रस्तुत गरिएको बजेटलाई १४औँ राष्ट्रिय जन कङ्ग्रेसका प्रवक्ता वाङ चाओले उचित र व्यावहारिक भन्नुभएको बीबीसीले जनाएको छ । चीनको रक्षा बजेट संयुक्त राज्य अमेरिकाको झण्डै एक चौथाइ हो ।

ताइवानको विषयलाई लिएर बढेको अमेरिका–चीन तनाव पछिल्लो समय अमेरिकी आकासमा देखिएका बेलुनपछि थप बढेको छ । यस्तै उत्तरपूर्वी एसियामा बढिरहेको हतियारको होडबाजीका कारण पनि चीनले रक्षा बजेट बढाएको विश्लेषकहरु बताउँछन् । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया