लिजेन्ड्स लिग क्रिकेटमा नेपालका पारस खड्का आबद्ध टोलीले इण्डियन महाराजलाई हरायो

 फागुन २७, २०७९ शनिबार ७:०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) को पहिलो खेलमा नेपालका पारस खड्का आबद्ध एसिया लायन्सले इण्डियन महाराजलाई हराएको छ । गएराति भएको खेलमा इण्डियन महाराज ९ रनले पराजित भएको हो ।

जितको लागि १ सय ६६ रनको लक्ष्य पछ्याएको महाराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । महाराजका कप्तान गौतम गम्भीरले सर्वाधिक ५२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।

त्यसअघि कतारको दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एसिया लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । एसियाका मिस्बाह उल हकले सर्वाधिक ७३ रन बनाए ।

नेपालका पूर्व कप्तान पारस खड्का २ बलमा ३ रनमा अविजित रहे । लिगमा वर्ल्ड जायन्ट्स, इण्डियन महाराज तथा एसियन लायन्स सहभागी छन् । एसिया लायन्सले अब सोमवार वर्ल्ड जायन्ट्ससँग खेल्नेछ । तीन टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया