एसीसी प्रिमियर कप : आज नेपालले ओमानसँग खेल्दै, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता

 बैशाख ८, २०८० शुक्रबार ६:४४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले ओमानसँग खेल्दैछ । नेपालले आज आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो ।

खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । मङ्गलवार भएको पहिलो खेलमा नेपालले मलेसियालाई हराएको थियो ।

त्यस्तै, बुधवार कतारसँग भएको खेलमा ओमान विजयी भएको थियो । समूह चरणका अन्य खेल एकदिवसीय मात्रका भए पनि यो खेल भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ । नेपाल र ओमानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । यो खेल नेपालको ५०औँ ओडीआई रहेकाले पनि नेपालको लागि विशेष रहनेछ ।

त्यस्तै, एसीसी प्रिमियर कपको आजको अर्को खेलमा मूलपानीमा यूएई र हङकङबीच खेल हुनेछ । १० देश सहभागी प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

प्रिमियर कपको समूह ’ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया र समूह ’बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया