चीनमा ग्यास विस्फोट हुँदा ३१ जनाको ज्यान गयो : ७ जना घाइते

 असार ७, २०८० बिहिबार १०:४१:२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनको उत्तर पश्चिमी क्षेत्र निङ्जियामा ग्यास विस्फोट हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ ।

गएराति निङ्जियाको यिनचुआन सहरमा रहेको बारबेक्यू रेस्टुरेन्टमा ग्यास विस्फोट भएको थियो ।

विस्फोटमा ७ जना घाइते भएका समाचार संस्था सीएनएनले जनाएको छ । शरीर आगोले जलेका तथा चोटपटक लागेका उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार विस्फोटको घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइते भएकालाई उपचारमा सबै सहयोग उपलब्ध गराउन तथा उद्योग तथा महत्वपूर्ण क्षेत्रहरूमा सुरक्षा सावधानी बलियो बनाउन निर्देशन दिनुभएको छ । 

चीनमा ग्यास र केमिकल विस्फोटका घटना हुँदै आएका छन् । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया