'ग्रेटवाल' मा प्राचीन हतियार भण्डारको भग्नावशेष फेला

 असोज २९, २०८० सोमबार १९:२०:३९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको बादलिङ ग्रेटवालको पश्चिमी भागमा रहेकाे एक भवनको भग्नावशेषबाट चिनियाँ पुरातत्त्विद्हरूले प्राचीन ढुङ्गाको ग्रिनेड फेला पारेका छन् ।

पुरातत्त्वविद्हरूले ग्रेटवालको छेउमा रहेको त्याे भवन हतियार भण्डारण गर्ने गोदाम रहेको विश्वास गरेका छन् । ‘ग्रेटवालको छेउमा यस्तो हतियार भण्डारण गरेर राखिएको फेला परेको यो पहिलो पटक हो जसले हाम्रो यसअघिको धारणालाई बदलिदिएको छ’, नगरपालिका पुरातत्त्व संस्थाका अनुसन्धानकर्मी साङ हेङले भन्नुभयो ।

यसअघि पुरातत्त्वविद्हरूले चार सय वटा त्यस्तै किसिमका ढुङ्गे ग्रिनेड फेला पारेका थिए जुन प्राचीन ग्रिनेडको आदिम संस्करण थिए । मिङ वंश (सन् १३६८ देखि सन् १६४४ सम्म) को समयमा ग्रेटवालको सुरक्षा गर्न ती हतियारलाई सामान्य हतियार मानिएको थियो ।

‘अविस्मरणीय देखिने यी ढुङ्गाहरूमा बारुद भर्नका लागि बीच भागमा गोलो प्वाल बनाइएको छ, बारुद भरेपछि त्यसलाई बन्द गरेर बाहिर फ्याँक्न सकिन्छ जसले शत्रुलाई मार मात्र हान्दैन, शत्रुलाई पराजित गर्न विस्फोट पनि गराउन सक्छ’, साङले भन्नुभयो ।

ग्रेटवालका टावरहरूमाथि शत्रुलाई पराजित गर्न भाँडा, थाल, कचौरा, कैँची, बेल्चा जस्ता भाँडाकुँडासँगै अग्निकुण्ड र स्टोभ पनि राखिएका छन् जसले मिङ वंशमा सीमा रक्षकहरूको दैनिक जीवनलाई झल्काउँछ । उत्खननका क्रममा ढुङ्गाको किल्लासहित सीमा सुरक्षाका लागि अन्य सामग्रीहरू पनि फेला परेका थिए ।

ग्रेटवालमा धेरै अन्तरसम्बन्धित पर्खालहरू छन् । कुनै त दुई हजार वर्षअघिका पनि छन् । अहिलेको ग्रेटवालको लम्बाई २१ हजार किलोमिटर रहेको छ । सन् २००० देखि २०२२ सम्ममा बेइजिङमा एक सय १० वटाभन्दा बढी ग्रेटवाल संरक्षण परियोजना सम्पन्न भएका छन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया