पोखरा अन्तराष्ट्रिय विमानस्थलमा चराका कारण उडान प्रभावित, चरा धपाउने काम चल्दै

 चैत ११, २०८० आइतबार १५:९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पोखरा अन्तराष्ट्रिय विमानस्थलमाथि चराको बथान उडेपछि उडान–अवतरण प्रभावित भएको छ । आज बिहानदेखि विमानस्थलमाथि नै चरा उडेसँगै उडान–अवरण बन्द हुने र खुल्ने क्रम चलिरहेको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।

बिहान काठमाण्डौबाट पोखरा उडेका केही जहाज फेरि काठमाण्डौ नै फर्किएका थिए । अहिले विमानस्थलका कर्मचारीले चरा धपाउने काम गरिरहेका छन् । केहीबेर अघि विमान खुलेको र एउटा विमान अवतरण गरेको विमानस्थल प्रशासनले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया