आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

 चैत ११, २०८० आइतबार १८:२१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय प्रणालीसमेत सक्रिय हुँदा देशका विभिन्न भागमा आज राति वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भेगका एक दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीकोसमेत प्रभावका कारण रातिदेखि काठमाण्डौ उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशको पूर्वी क्षेत्रमा पानी पर्ने सम्भावना छ । यी क्षेत्रमा मौसम सफा हुन अझै केहीदिन लाग्ने मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया