ताप्लेजुङमा फागुन यता डढेलोका कारणले १६ वटा घर जलेर नष्ट

 चैत ११, २०८० आइतबार १८:३४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ताप्लेजुङमा फागुन महिनायता डढेलोका कारणले १६ वटा घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार फागुनदेखि चैत १० गतेसम्ममा वनमा लागेको डढेलोबाट १२ र अन्य कारणबाट चार वटा घर जलेर नष्ट भएका छन् ।

वनमा लागेको डढेलोका कारण चैतको पहिलो हप्ता मात्रै ११ वटा घर जलेर नष्ट भएका प्रहरीले जनाएको छ । अन्य कारणबाट चैतमा एउटा घर जलेको छ । फागुनमा डढेलोले एक र विद्युत् सर्ट भएर सल्केको आगोले तीन वटा घर नष्ट भएका छन् ।

प्रहरीका अनुसार घरसँगै नजिक रहेका पशुचौपायाका गोठ तथा ग्वालीसमेत जलेका छन् भने केही पशुचौपाया पनि जलेका छन् । ताप्लेजुङमा फागुनदेखि चैतको पहिलो हप्तासम्ममा झण्डै आठ सयदेखि एक हजार हेक्टर क्षेत्रफल बराबरको वन जङ्गलमा डढेलो लागेको तथ्यांक छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया