ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच विवाद हुँदा दुई जनाको ज्यान गयो

 चैत १२, २०८० सोमबार ७:५६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा दुई समूहबीच भएको विवादले झडपको रुप लिंदा दुई जनाको ज्यान गएको छ । हिजो दिउँसोको विवादलाई लिएर राति झगडा हुँदा दुई जनाको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा सुनसरीको धरान घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेका जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि मात्र प्रहरीले खबर पाएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १८ जनालाई प्रक्राउ गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया