सुनकोशी नदीमा हराइरहेका बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

 चैत १२, २०८० सोमबार ९:१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – होली खेलेर सुनकोशी नदीमा नुहाउन जाँदा बेपत्ता भएका उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिकाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

हिजो दिउँसोदेखि बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ । ९ जना गोताखोर सहितको टोलीले खोजी गरिरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेहरुमा  त्रियुगा –१४ साउनेका ११  वर्षीया रेखा मगर, ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन ।   

 

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया