पाल्पामा १८ वर्षीया किशोरीको शव फेला

 चैत १४, २०८० बुधबार ९:३९:९ | देव पचभैया
unn.prixa.net

फाइल तस्बिर

पाल्पा – पाल्पाको ख्याहामा एक किशोरीको शव फेला परेको छ । रिब्दीकोट गाउँपालिका–१, ख्याहाको कराङ्दी लप्सीखोला नजिकै हिजो बेलुका पद्मा ख्याहाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन । किशोरीको हत्या भएको हुन सक्ने र यसबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया