नेभिगेशन

आज ११ जिल्लामा बाढीको जोखिम

काठमाण्डौ — आज सिन्धुपाञ्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङलगायत जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार वर्षाका कारण यी जिल्लाका साना नदी, खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी तथा खोला आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो । विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा छोटो समयमा ठूलो वर्षा हुँदा साना नदी तथा खोलामा पानीको सतह एक्कासी बढेर आकस्मिक बाढी आउन सक्ने जोखिम हुन्छ ।

मुख्य नदीको बहाव सामान्य अवस्थामा रहे पनि स्थानीय खोलानालामा अचानक आएको बाढीले जनधनको क्षति पुऱ्याउन सक्ने भएकाले स्थानीय बासिन्दाले मौसम तथा बाढी सम्बन्धी सूचना निरन्तर निगरानी गर्नुपर्ने महाशाखाले जनाएको छ ।

महाशाखाले बाढीको जोखिम भएका जिल्ला तथा आसपासका क्षेत्र भएर बग्ने नदी, खोला र खोल्सामा अनावश्यक रूपमा नजान, पानीको सतह बढेको अवस्थामा खोला नतर्न तथा नदी किनारमा गएर जोखिम नलिन आग्रह गरेको छ । 

प्रकाशित मिति:
थप समाज