नेभिगेशन
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठक

उद्धार कार्य र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाहको निर्देशन

काठमाण्डाै – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार कार्य तथा राहतका गतिविधिलाई प्रभावकारी एवम् समन्वयात्मक ढङ्गले गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

बाढीलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्र, क्षतिको विवरण तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार, खोज तथा राहतका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।

ठूलो विपद्को क्षणमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा जुट्न उहाँले आग्रह गर्नुभएको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

बाढीपछि उत्पन्न सङ्कट समाधानका लागि सरकार र प्रतिपक्षले एकीकृत रूपमा उद्धार तथा राहत कार्य अगाडि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

आजको छलफलमा नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को यस घडीमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर नागरिकको रक्षामा केन्द्रित हुने निर्णय भएको जानकारी दिनुभयो ।

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धारका लागि ८ वटा हेलिकप्टर परिचालन गरिएको छ । उद्धार कार्यलाई तीव्रता दिन नुवाकोटको धुन्चे र त्रिशूलीमा रहेका हेलिप्याडलाई पूर्णरूपमा प्रयोगमा ल्याइएको छ ।

यस्तै घाइतेहरूको उपचारका लागि त्रिशूलीमा रहेको सरकारी अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण र जनशक्तिसहित तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति:
थप राजनीति