तीन महिला मिलेर पुरुषको हत्या !

 पुस २०, २०७५ शुक्रबार २०:८:५१ | सुवास दर्नाल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सोलुखुम्बु – जिल्ला अदालत सोलुखुम्बुले कर्तव्य ज्यान मुद्दाका तीनजना दोषीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

माप्य दूधकोशी गाउँपालिका वाकु निवासी ४३ वर्षका अमरबहादुर मगरको हत्या आरोपमा पक्राउ परेका तीन महिलालाई शुक्रबार पुर्पपक्षका लागि थुनामा राख्न आदेश दिइएको हो ।

मगरको शव गएको मंसिर ४ गते भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा ३५ वर्षकी कुमारी मगरसहित तीनजना महिला मिलेर अमरको हत्या गरेको खुलासा भएको छ ।

अनुसन्धानको क्रममा उनीहरुले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूले जानकारी दिनुभयो । हत्याको आरोपमा सल्लेरी निवासी ४० वर्षकी माया शेर्पा, ३५ वर्षकी कुमारी मगर र ३९ वर्षकी मनिका मगरलाई मंसिर २५ गते प्रहरीले प्रक्राउ गरेको थियो ।

अम्बरबहादुर मगर र कुमारी मगर बीचको सामान्य विवादलाई लिएर अम्बरबहादुरको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अम्बरबहादुर गार्मा भन्ने स्थानमा घुम्न गएको समयमा बाटोमा भेट भएको समयमा विवाद हुँदा तीन महिलाले हत्या गरेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

हत्या भएको झण्डै एक महिनापछि हत्यारा पत्ता लगाउन सफल भएको मुद्दा शाखाका प्रहरी नायव निरीक्षक उदयप्रसाद कटेलले जानकारी दिनुभयो । गहिरो अनुसन्धान पश्चात हत्यारा पत्ता लागेको उहाँको भनाई छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया