हिमपातका कारण सोलुखुम्बु–काठमाण्डौ सडक अवरुद्ध

 माघ १०, २०७५ बिहिबार १०:३४:० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सडकमा जमेको हिउँका कारण सोलुखुम्बु –काठमाण्डौ सडक अवरुद्ध भएको छ । बुधबारदेखि पत्ताले क्षेत्रमा बाक्लो हिमपात भइरहेकाले सडक अवरुद्ध भएको हो । 

हिउँ जमेको ठाउँमा सवारी चलाउँदा दुर्घटना हुने भएकाले प्रहरीले सोलुखुम्बु भित्रिने सवारी साधन ओखालढुगांको ढाडेमा रोकेका छन् भने जिल्लाबाट बाहिरिन लागेका सवारी साधन सोलुखुम्बुको बाघखोरमा अलपत्र परेका छन् ।

सोलुखुम्बुबाट काठमाण्डौ जान लागेका यात्रुहरु बिहीबार सल्लेरीमा नै रोकिएका छन् । गाउँ–गाउँबाट काठमाण्डौ जान सल्लेरी आएका यात्रुहरु सल्लेरीमा नै रोकिनु पर्दा चिन्तित भएका छन् ।

पत्ताले सडक क्षेत्रमा हिउँमा ४ ओटा मालबहाक ट्रक फसेको पत्ताले प्रहरी चौकीका हवल्दार विजय सिवाले जानकारी दिनुभयो । मालबहाक ट्रक मोडमा फसेको र एक्साभेटरलेसमेत तान्न नसकेका कारण उद्धार गर्न नसकिएको जनाइएको छ । 

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ मा पर्ने पत्ताले डाँडा समुन्द्री सतहबाट करिब ३१ सय फिटको उचाइमा रहेको छ । अहिले माैसममा सुधार आए पनि सडकमा बाक्लाे हिउँ जमेका कारण बाटाे खुलाउन नसकिएकाे जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया