साेलुखुम्बु विमान दुर्घटना: ज्यान गुमाउनेहरुको सनाखत, घाइतेहरुकाे पनि परिचय खुल्याे

 बैशाख १, २०७६ आइतबार १५:२३:५४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको तेन्जिङहिलारी विमास्थलमा भएको दुर्घटनामा ज्यान गुमाउने र घाइतेको पहिचान भएको छ । आइतबार बिहान ९ बजेर २० मिनेटमा समिट एयरको विमान मनाङ एयरलाइन्सको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको थियाे।

दुर्घटनामा ज्यान गुमाउनेमा समिट एयरलाइन्सका को-पाइलट काठमाडौको चावहिलका ३४ वर्षिय सुजित ढुङगाना, पर्यटन प्रहरी कार्यालय लुक्लामा कार्यरत दोलखाका ३९ वर्षीय प्रहरी सहायक निरीक्षक राम बहादुर खड्का र भोजपुर घर भएका प्रहरी सहायक निरीक्षक ४२ वर्षिय रुद्र श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ ।

घाइते हुनेमा समिट एयरलाइन्सका पाइलट काठमाण्डाैका रविनाथ रोकाया र मनाङ एयरलाइन्सको हेलिकप्टरका चालक ललितपुर भैँसेपाटीका ४८ वर्षिय चेब बहादुर गुरुङ रहेकाे खुल्न आएको छ । त्यस्तै मनाङ एयरलाइन्स लुक्लाका स्टेशन म्यानेजर खुम्बु पासाङल्हामु गाउँपालिका २ का ४३ वर्षीय लाक्पा छिरिङ शेर्पा र मनाङ एयरलाइन्सकै कर्मचारी खुम्बु पासाङल्हामु गाउँपालिका २ का ५५ वर्षीय स्याङबुचे कार्की रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुमध्ये रोकाय र गुरुङको अवस्था गम्भीर छ भने शेर्पा र कार्कीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाण्डाैको ग्राण्डी अस्पतालमा उपचार भइरहेको सोलुखुम्बुका प्रहरी प्रमुख शालिग्राम शर्माले जानकारी दिनुभयो ।

बिहान पर्यटक लिन रामेछापको मन्थली विमानस्थल जान उड्न लागेकाे विमान करिब २ सय मिटर पर पुगेर धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका स्टेशन इन्चार्ज इमानाथ अधिकारीले जानकारी दिनुभयो । विमानमा चालक र सहचालक तथा एक जना एयरहोस्टेस रहेको अधिकारीले बताउनुभयाे ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया