लुक्ला विमान दुर्घटनाकाे स्थलगत अध्ययन गरेर छानबिन टाेली काठमाण्डाै फर्कियो

 बैशाख ४, २०७६ बुधबार १९:५९:५४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा भएको विमान दुर्घटनाको विषयमा छानबिन गर्न गठित समितिले बुधबार स्थलगत अध्ययन गरेको छ । 

टोलीले बुधबार लुक्ला आई स्थलगत अध्ययन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका स्टेशन इन्चार्ज इमनाथ अधिकारीले जानकारी दिनुभयो ।

तीन जनाको ज्यान जाने गरी गएको आइतबार बिहान ९ः२० बजे समिट एयरको विमान मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना भएको भएको भोलिपल्टै संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले छानबिन समिति गठन गरेको थियो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको संयोजकत्वमा रहेको तीन सदस्य टोली बुधबार नै स्थलगत अध्ययनपछि काठमाण्डौ फर्किएको छ । छानबिन समितिमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, तारा एयरका वरिष्ठ क्याप्टेन रवीन्द्र डंगोल र नेपाल वायुसेवा निगमका इन्जिनियर राजेश श्रेष्ठ रहनुभएको छ ।

नयाँ वर्षको दिन लुक्लाबाट रामेछापको मन्थली पर्यटक लिनका लागि उडेको विमान धावन मार्गमा चिप्लिएर दुर्घटना भएको पारम्भिक अनुमान गरिए पनि टोलीले बुझाएको प्रतिवेदनपछि  मात्रै सत्यतथ्य बाहिर आउने अपेक्षा गरिएको छ । 

दुर्घटनामा विमानका सहचालक सुजित ढुंगाना, सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकद्वय रामकुमार खड्का र रुद्रबहादुर श्रेष्ठको ज्यान गएको थियो । 

खड्का र ढुंगानाको घटनास्थलमै मृत्यु भएको थियो भने श्रेष्ठको उपचारका लागि काठमाण्डौ  लैजाने क्रममा मृत्यु भएको थियो । दुर्घटनामा अन्य चार जना घाइते भएका थिए ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया