कैलालीकाे कालिका सामुदायिक वनमा दुई शव भेटिए

 बैशाख १९, २०७६ बिहिबार १७:३१:९ | निर्मला खडायत
unn.prixa.net

कैलाली– घोडाघोडी नगरपालिका-३ को कालिका सामुदायिक वनमा दुई जनाको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार बुधबार साँझ ७ बजेतिर सडेको अवस्थामा ती शव फेला पारिएको हो । फेला परिएको शव घोडाघोडी नगरपालिका-३ का २३ वर्षीय शिवराज चौधरी र जोशीपुर पिपलकोटीकी २५ वर्षीया निर्मला चौधरीको रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले बताउनुभयो ।

शव नजिकै सेल्फास (एक प्रकारकाे विषादी) चक्की फेला परेकाले दुवै जनाले विष सेवन गरेर आत्महत्या गरेको पुष्टि भैसकेको बताउनुभयो । शवलाई पोष्टमर्टमका लागि धनगढी पठाइएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया