पाल्पामा च्याउ खाँदा दुई जनाकाे मृत्यु, ९ जनाको उपचार चल्दै

 जेठ २७, २०७६ सोमबार ७:१०:४० | देव पचभैया
unn.prixa.net

पाल्पा - पाल्पामा च्याँउ खाएर मृत्यु हुनेकाे संख्या दुई पुगेको छ । उपचारको क्रममा निस्दी गाँउपालिका वडा नम्बर ३ कार्कीडाँडाका ४ वर्षीय विष्णुसिंह ठकुरीको ज्यान गएपछि मृत्यु हुनेको संख्या दुई पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ठकुरीको आइतबार बेलुका पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । जंगली च्याँउ खाँदा गम्भीर बिरामी परेकी ९ वर्षीया निर्मला ठकुरीको शनिबार बेलुका उपचारको क्रममा पुरानो मेडिकल कलेजमै ज्यान गएको थियो ।   

गएकाे शुक्रबार साँझ घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी भएका ४५ वर्षीय पूर्णबहादुर खाँचा, उहाकी श्रीमती ३६ वर्षीया चनकुमारी, छोरी १५ वर्षका बिमला खाम्चा, स्थानीय ८० वर्षीय प्रेम बहादुर ठकुरी,  २९ वर्षीया दानमायासिंह ठकुरी, ८ वर्षीय सुमन ठकुरी, ३० वर्षीय धन कुमारी ठकुरी, १४ वर्षीय निरुता ठकुरी र १२ वर्षीया निसा ठकुरीको पूर्वी नवलपरासीकाे मध्यविन्दु अस्पताल डण्डामा उपचार भैरहेको छ ।

शनिबार अपराह्नदेखि बिरामी परेका उनीहरुलाई बान्ता हुने,  बेहोस हुने, अत्तालिने जस्ता समस्या देखिएको स्थानीयले जनाएका छन् ।  
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया