विमानको भग्नावशेष नहटाइँदा निजी हेलिप्याड प्रयोग गर्नुपर्ने बाध्यता

 असार ७, २०७६ शनिबार १५:९:५१ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटना भएको जहाजको भग्नावशेष नहटाइँदा निजी हेलिप्याड प्रयाेग गर्नुपर्ने बाध्यता छ ।

२०७६ साल वैशाख १ गते समिट एयरको विमान मनाङ एयरको हेलिकप्टरमा ठोक्किएको थियो । विमान दुर्घटना भएको लामो समयसम्म पनि विमानको भग्नावशेष नहटाइँदा विमानस्थलमा आउने यात्रु तथा चालकमा मनोवैज्ञानिक असर परिरहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिनुभयो । 

दुर्घटना भएको विमानको दर्ता खारेज गर्नुपर्ने भएकाले भग्नावशेष हटाउन समय लागेको बताइएकाे छ । विमानको भग्नावशेष नहटाइँदा निजी हेलिप्याड प्रयोग गर्नुपर्ने बाध्यता रहेको एयरलाइन्स कम्पनीहरुको भनाइ छ। 

मनाङ एयरलाइन्सका निर्देशक राजु न्यौपानेले अबको १५ दिनभित्र भग्नावशेष हटाइ सक्ने जानकारी दिनुभयाे। वैशाख १ गते भएको विमान दुर्घटना ३ जनाको ज्यान गएको थियो भने २ जना घाइते भएका थिए ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया