सहकर्मीको बलात्कारपछि हत्या गरेको आरोपमा ५ जना पक्राउ

 असार २२, २०७५ शुक्रबार १५:०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – कैलालीमा आफ्नै सहकर्मीको सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका –११, शिवपुरका ३० वर्षका गणेश बडु्वाल, २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षका भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उनीहरुले गएको असार १२ गते ठाउँकी २१ वर्षीय माया विकलाई बलात्कार गरी हत्या गरेका प्रहरीको दावी छ । 

मृतक माया बिक र पक्राउ परेका गणेश बडुवाल र सुरज चौधरी गौरीगंगा गाउँपालिकामा सामाजिक परिचालक थिए ।

असार १२ गते काम सकेरसँगै फर्कने क्रममा चपरथली सामुदायिक वनभित्र लगेर उनीहरुले मायालाई सामूहिक बलात्कार गरेका थिए । 

दुई दिनसम्म माया घर नआएपछि परिवारले माया हराएको उजुरी १४ गते प्रहरीमा गरेका थिए । खोजतलासको क्रममा मायाको शव चपरथली सामुदायिक वनभित्र फेला परेको थियो ।  

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया