हवाइ र सडक मार्ग बन्द हुँदा सोलुखुम्बुमा सयौँ यात्रु अलपत्र

 असार २८, २०७६ शनिबार २०:२०:५३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - चार दिन देखि निरन्तर वर्षा हुदाँ सोलुखुम्बुबाट काठमाण्डौ जाने सयौँ यात्रु अलपत्र परेका छन् ।

निरन्तरको झरीले हवाइ सेवा ठप्प भएको जिल्लामा एक मात्र विकल्पको रुपमा रहेको सडक मार्गसमेत बिहीबार रातिको पहिरोले अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका हुन् ।

नागरिक उड्यन प्राधिकरण फाप्लुका अनुसार अहिले १२० जनाभन्दा बढि यात्रु विमानको पर्खाइमा छन् । सडक मार्गसमेत बन्द भएपछि यात्रु अलपत्र परेको नागरिक उड्यन प्राधिकरण फाप्लुका निमित्त प्रमुख प्रभाश रञ्जनले बताउनुभयो ।

खराब मौसमका कारण उडान हुन नस‍केपछि खुम्बु क्षेत्रबाट पैदल मार्फत सल्लेरी हुँदै सडकमार्फत काठमाण्डौ जाने यात्रु पनि अहिले सल्लेरीमा नै रोकिएका छन् ।सोलुखुम्बुबाट काठमाण्डौ जाने २ सयभन्दा बढी यात्रु सल्लेरीमै रोकिएको अनुमान गरिएको छ । सडक र हवाइ सेवा बन्द भएपछि सोलुखुम्बु र काठमाण्डौको सञ्जाल टुटेको छ । 


 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया