तिलोत्तमाको सडकमा राखिएका बुद्धका मूर्ति तोडिए

 साउन २, २०७६ बिहिबार ११:५६:३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सडकमा राखिएका बुद्धका मूर्तिमा तोडफोड भएको छ ।

शंकरनगरचोकदेखि नयाँ मिलसम्मको ६ लेनको सडकमा राखिएका ५ वटा बुद्धका मूर्तिमा बुधबार राति तोडफोड भएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

मूर्ति किन र कसले तोडफोड गर्यो भन्ने बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ । तिलोत्तमा नगरपालिकाले आफनो क्षेत्रमा पर्ने ६ लेनको सडकमा २२ वटा मूर्ति स्थापना गरेको थियो । एउटा मूर्तिको तौल १ सय १० किलो रहेको छ ।  

त्यो सडक भएर यात्रा गर्ने देशी विदेशी पर्यटकहरुलाई लुम्बिनीको झल्को दिलाउन सडक क्षेत्रमा बुद्धका मूर्ति राखिएको नगरपालिकाले बताएको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • sundar

    July 18, 2019, noon

    कसको काम हो यो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया