प्रदेश -५ का सशस्त्र प्रहरी प्रमुखकाे टाेलीद्वारा सीमा क्षेत्रमा ढलेका स्तम्भहरुको निरीक्षण

 साउन ४, २०७६ शनिबार १८:४७:५९ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - बाढीका कारण नेपाल भारत सीमा क्षेत्रमा ढलेका सीमा स्तम्भहरुको सशस्त्र प्रहरी प्रदेश-५ का प्रमुख प्रहरी नायब महानिरीक्षक नारायण दत्त पौडेल नेतृत्वको टोलीले निरीक्षण गरेको छ ।

नेपाल भारत सीमा अन्तरगत विजयनगर गाउँपालिका-५, ठाकुरापुर नजिकका ४ वटा सीमा स्तम्भहरुको अवलोकन गरी यसको अवस्थाको बारेमा सशस्त्र प्रहरी मुख्यालयलाई जानकारी गराएएको पौडेलले बताउनुभयाे ।

नेपाल भारत संयुक्त सीमा सर्वेक्षण टोलीको उपस्थिति र निगरानीमा गएकाे मंसीरदेखि जेठसम्ममा यी पिलरहरुको निर्माण कार्य सम्पन्न भएको थियो । 
३ महिना अघि मात्रै सीमा क्षेत्रको चिरई खोलामा ५७८।१०, ५७८।७, ५७७।९ र ५७७।७ नम्बरका माइनर पिलरहरु बनाइएका थिए । तिनीहरु सामान्य बाढी आउँदा पनि ढलेका छन् । 

ढलेका पिलरहरुमध्ये ५७८।१० र ५७८।७ नम्बरका पिलरहरु नेपाल तर्फबाट र ५७७।९ र ५७७।७ नम्बरका पिलरहरु भारत तर्फबाट निर्माण भएको सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारीले बताउनुभयाे । 

सीमा क्षेत्रमै नदी भएका कारण नदीको बीचमा निर्माण गरिएको पिलरको डिजाइन नै फेल भएका कारण ढलेको भन्ने आफूलाई जानकारी आएको एसपी दिपक अधिकारीले जानकारी दिनुभयाे । कुल ९३ किलोमिटर नेपाल भारत सीमा क्षेत्रमा कुल ५३२ सीमा स्तम्भहरु छन् । जसमध्ये ५०७ वटा निर्माण भइसकेका र २५ सीमा स्तम्भ निर्माण हुन बाँकी छन् ।

पिलर ढलेको सम्बन्धमा नापी विभागमा जानकारी आएको र चाँडै नै नेपाल भारत दुवै देशका सर्वेक्षण टोलीको अनुगमनको प्रतिवेदनका आधारमा पुननिर्माण कार्य अघि बढाइने नापी विभागका प्रमुख नापी अधिकृत दयानन्द जोशीले बताउनुभयाे । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया