फाप्लु विमानस्थल पार्किङ निर्माणमा लापर्वाही गरेको ठेकेदार सम्पर्कमा आएन

 साउन ८, २०७६ बुधबार १३:४०:४३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु –  सोलुखुम्बुको फाप्लु विमानस्थलको पार्किङस्थल निर्माणको जिम्मा लिएको निर्माण कम्पनी सम्पर्कमा आउन आलटाल गरेको छ ।

फाप्लुमा निर्माणाधीन विमानस्थलको पार्किङ तथा बार भत्किन थालेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन दिएको निर्देशनलाई निर्माण कम्पनीले अटेर गरेको छ ।

उज्यालो अनलाइन तथा उज्यालो रेडियो नेटवर्कमा विमानस्थलको पार्किङ निर्मार्ण सम्पन्न नहुँदै भत्किएको समाचार आएपछि प्रशासनले स्थलगत निरीक्षण गर्दै साउन १ गतेको मितिले ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन पत्राचार गरेको थियो । तर प्रशासनले तोकेको समय मगंलबार सकिएको भए पनि निमार्ण कम्पनी उपस्थित हुन नसकेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जवाफ इमेलमार्फत प्राप्त भए पनि निर्माणकर्ता भने सम्पर्कमा आउन सकेको छैन । लिखित जवाफसमेत चित्तबुझ्दो नभएकाले कानुनी प्रक्रिया अघि बढाइने प्रजिअ रानाको भनाइ छ ।  

नागरिक उड्डयन प्राधिकरणको ८ करोड ७८ लाखको लागतमा काष्टमण्डप उमा एण्ड कम्पनी जेभीले विमानस्थलको पार्किङ निर्माणको जिम्मा पाएको थियो ।

सम्बन्धित समाचार

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया