स्कुल विभागको नेतृत्व गर्न योग्य छु : नेकपा नेता भुसाल

 साउन ९, २०७६ बिहिबार १६:७:३६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीको स्कुल विभागका लागि आफू योग्य रहेको बताउनु भएको छ ।

लुम्बिनी प्रेस क्लबले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्कुल विभागले मार्क्सवाद, समाज, समाजको अर्थराजनीति पढाउने काम गर्ने बताउँदै अहिले त्यो काम आफूले गर्दै आएकोले स्कुल विभागमा आफनो दाबी स्वभाविक रहेको बताउनुभयो ।

पार्टीको नवौँ महाधिवेशनपछि स्कुल विभागमा आफनो दाबी रहँदै आए पनि पार्टीभित्रको चरम गुटबन्दीका कारण आफूले पाउन नसकेको बताउनुभयो । पार्टीको स्कुल विभागमा वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी छ ।

नेता भुसालले आफूले नेतृत्व नपाउँदा स्कुल विभाग नै बिग्रिन्छ भन्ने मान्यताबाट मुक्त हुन दाबेदार सबै नेताहरुलाई सुझाव दिनुभयो ।

नेकपाभित्र पद्धतिभन्दा व्यक्ति हावी हुँदै गएको नेता भुसालको भनाइ छ । दुई जना अध्यक्षले मात्रै पार्टी चलाउनु प्रक्रियागत शैली नभएको नेता भुसालले प्रतिक्रिया दिनुभयो । यस्तै रबैया रहिरहे  पार्टीको सिद्धान्त र विचार कमजोर बन्दै जाने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया