घाटमा पुर्‍याएर अस्पताल फर्काएकाे १० दिनपछि नर्मताकाे मृत्यु

 साउन १६, २०७६ बिहिबार १५:५६:४८ | देव पचभैया
unn.prixa.net


पाल्पा  - घाटमा पुर्‍याएर पनि उपचारका लागि अस्पतालमा फर्काइएकी पाल्पाकाे रैनादेबी छहरा गाँउपालिका १ की ३६ वर्षीय नर्मता ज्ञवालीको उपचारकै क्रममा बिहीबार निधन भएको छ ।

उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्ञवालीको मृत्यु भएको अस्पतालले जनाएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासका सूचना अधिकारी कृष्ण पराजुलीका अनुसार ६ गते अस्पताल भर्ना भई उपचार भइरहेकाे ज्ञवालीको १० दिनपछि बिहीबार बिहान ८ बजे मृत्यु भएको हो । 

यसअघि झाडापखालाबाट सिकिस्त भएपछि नर्मताको तानसेनस्थित युनाईटेड मिशन अस्पतालमा १२ दिनसम्म उपचार भएको थियो ।

निको हुनुकाे साटो रोगले झन् च्याप्दै गएपछि आफन्तले माया मारेरै ६ गते सोमबार अस्पतालबाट बिरामीलाई डिस्चार्ज गरी घर फर्काउने भन्दै रिडिघाट पुर्‍याएर कालीनदीमा अर्धजल चढाएका थिए । खुट्टाको औला नदीमा डुबाएपछि नर्मताकाे होस आएको भन्दै उनका आफन्तले उपचारका लागि पुन: अस्पताल पुर्‍याएका थिए ।  

याे पनि हेर्नुहाेस्

 


अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया