कपिलवस्तुमा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयाे

 साउन २७, २०७६ सोमबार १४:१६:२५ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु– तौलिहवा-भैरहवा हुलाकी सडक खण्डको कपिलवस्तु नगरपालिका-८ दोहनीमा ट्याक्टरको ठक्करबाट एक जना महिलाको ज्यान गएको छ । 

हुलाकी सडक खण्डको तौलिहवाबाट पकडीतर्फ जाँदै गरेको लु २ त ५८३९ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५५ एस ०२१८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो । 

दुर्घटनामा मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका-२ अभिरावकी ४२ वर्षीया प्रमिला यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

आफ्नै छोराले चलाएको मोटरसाइकल पछाडि बसेकी यादव दुर्घटनामा परि गम्भीर घाइते हुनु भएको थियो । घाइते यादवको उपचारका क्रममा तौलिहवा अस्पतालमा ज्यान गएको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताउनु भयो ।  

घटनालगत्तै फरार भएका ट्याक्टर चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया