नेपाल वायु सेवा निगमको ‘वाई १२ ई’ चिनियाँ विमानले फाप्लुमा परीक्षण उडान गर्‍यो

 साउन २८, २०७६ मंगलबार १२:२३:४५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु : नेपाल बायुसेवा निगमको वाई १२ ई  चिनियाँ विमानले सोलुखुम्बुको फाप्लुमा परीक्षण उडान गरेको छ ।

वायु सेवा निगमको ट्विनओटर विमानले मात्रै उडान भर्दै आएको फाप्लु विमानस्थलमा मगंलबार बिहान ९ बजे पहिलो पटक वाई १२ ई   चिनियाँ विमानले सफल परीक्षण उडान गरेको हो । १४ सिट क्षमता भएको त्यस जहाजले ओखलढुगांको रुम्जाटारमा पनि मगंलबार नै उडान भरेको निगमका अपरेशन डाइरेक्टर एवं क्याप्टेन दिपुराज ज्वारचनले जानकारी दिनुभयो ।

२०७१ सालमा नेपाल सरकारले चीन सरकारको सहयोगमा ४ ओटा वाई १२ ई   जहाज नेपाल भित्र्याएको थियो । त्यस विमानले१० दिनको अवधिमा पूर्वका भोजपुर, ताप्लेजुङ, रुम्जाटार र फाप्लुमा परीक्षण उडान भरेको अपरेशन डाइरेक्टर ज्वारचनले बताउनुभयो ।

हाल त्यस जहाजले सुदूर पश्चिमका जिल्लाहरुमा उडान भर्दै आएको निगमले जनाएको छ । विशेषगरी त्यस विमान छोटो धावन मार्ग भएका विमानस्थलहरुमा उडान तथा अवतरणका लागि प्रभावकारी मानिन्छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया