प्रथम कपिलवस्तु श्री काे उपाधि झापाका ललित धिमाललाई

 असोज १२, २०७६ आइतबार २०:४४:८ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - झापाका ललित धिमालले कपिलवस्तुमा आयोजित प्रथम कपिलवस्तु श्री खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताकाे उपाधि जितेका छन् ।

कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा तिलौराकोटमा सम्पन्न प्रतियोगितामा धिमालले उपाधीसहित २ लाख रुपैयाँ, ट्रफी र १५ किलोको बुद्धकाे मुर्ति प्राप्त गरे‍ । 

७५ केजी भन्दा माथिल्लो केजी समूहमा प्रथम भएका धिमालले अन्य ६ वटा विभिन्न केजी तौल समूहमा प्रथम भएकाहरुसँग प्रतिस्पर्धा गर्दै प्रथम भएर उपाधि हात पारेका हुन् ।

कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, भारतीय जनता पार्टीका नेता तथा अन्तराष्ट्रिय निर्णायक सुभाष भदानाले धिमाललाई उपाधि प्रदान गर्नुभयाे ।

प्रतियोगिताको ७५ केजी तौल समूहमा रुपन्देहीका अनिश थापा, ७० केजी तौल समूहमा रुपन्देहीका विनोद सुनार, ६५ केजी तौल समूहमा झापाका सुमन लिम्बु, ६० केजी तौल समूहमा कास्कीका विकास तामाङ्ग र ५५ केजी तौल समूहमा कपिलवस्तुका सुरेन्द्र वर्मा प्रथम भएका थिए।

५५ केजी तौल समूहमा प्रथम भएका वर्मालाई नगर प्रमुख किरण सिंंहले नगरपालिकाबाट २५ हजार रुपैयाँ र सम्मान गर्ने घोषणा गर्नुभएकाे थियाे । 

६ वटा तौल समूहमा ५। ५ जनाले अन्तिम राउण्डमा प्रस्तुति दिएका थिए । ६ वटै तौल समूहमा प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया