सभामुख महराले पदीय दायित्व छोडेर छानबिनमा सहयोग गर्नुपर्छ : गगन थापा

 असोज १४, २०७६ मंगलबार १०:३१:४८ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पदीय दायित्व छोडेर छानबिन लाई सहयोग पुराउन सभामुख कृष्णबहादुुर महरासँग आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब प्रदेश पाँचले मंगलबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सभामुख महरामाथि लागेको बलात्कारको आरोपले सिंगो संसद र सांसदहरुलाई स्तब्ध तुल्याएको बताउनुभयो ।

सभामुख महरामाथि लागेको आरोप असत्य होस् भन्ने आफनो पनि कामना रहेको भन्दै नेता थापाले आरोप लागेपछि सभामुखको पदमा बसेर छानबिनलाई सहयोग नपुग्ने भएकाले पदीय दायित्व छोड्नु पर्ने बताउनुभयो । कानुनी राज्यमा कानुनभन्दा माथि कोही पनि नहुने भन्दै कांग्रेस नेता थापाले बलात्कारको आरोप लागेपछि राज्यले सामान्य नागरिकलाई जस्तो व्यवहार गर्दछ त्यही व्यवहार सभामुख महरामाथि पनि हुनुपर्ने बताउनुभयो ।

सभामुख महरामाथि लागेको बलात्कारको आरोप सामान्य विषय नभएको भन्दै नेपाल प्रहरीले कसैको दवाब र प्रभावमा नपरी अनुसन्धान गर्नुपर्ने बताउनुभयो । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आइतबार राति सभामुख कृष्णबहादुर महराले जर्बजस्ती करणी गरेको आरोप लगाएकी छिन् ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया