बस र अटोरिक्सा ठोक्किदा एकको ज्यान गयो, चार जना घाइते

 चैत १, २०७६ शनिबार १६:४०:४२ | रासस
unn.prixa.net

कैलाली - कैलालीको अत्तरियामा बस र अटोरिक्सा ठोक्किदा गोदावरी नगरपालिका-६ कोलीकटानका ५३ वर्षीय तुले कोलीको ज्यान गएको छ । 

 नगरपालिका-३ चौकीडाँडामा रहेको मालिकाटोल जाने बाटो नजिकै महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको ना४ख ४५२८ नंको बस र विपरीत दिशाबाट गइरहेको से१ह २११४ नंको अटो एकापसमा ठोक्किएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका कोलीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उनकाे मुख र छातीमा चोट लागेकाे थियाे । कोलीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो ।

दुर्घटनामा अटोचालक मानबहादुर विक, ५० वर्षीया नखरी कोली, २५ वर्षीय अर्जुन कोली र २५ वर्षकै दुर्गा कोली घाइते भएका छन् । चालक डडेल्धुरा परशुराम नगरपालिका-६ का २४ वर्षीय दीपक भट्टराईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया