करेन्ट लागेर ज्यान गयाे

 जेठ ११, २०७७ आइतबार १३:३३:२६ | रासस
unn.prixa.net

कैलाली - कैलालीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।

घोडाघोडी नगरपालिका–१० का ३३ वर्षीय जवरसिंह चौधरीको करेन्ट लागेर ज्यान गएको हो । चौधरी गौरीगङ्गा नगरपालिका–१ स्थित सिर्जना इँट्टा उद्योगमा मजदुरी गर्दै आउनुभएको थियो । इँटाभट्टा नजिकै उनीहरु डेरा गरी बस्ने घरमा काम गर्ने क्रममा आज बिहान तार सर्ट भएर करेन्ट लागेको प्रहरीले जनाएको छ ।

चौधरीलाई करेन्ट लागेपछि उनलाई छुटाउन खोज्दा इँटाभट्टाकै अर्का कामदार सुजन चौधरीसमेत घाइते भएका छन् । करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा नवरसिंहको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

उनीसँगै करेन्ट लागेर घाइते भएका सुजनको भने सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, तनहुँकाे म्याग्दे गाउँपालिका– १ माथिल्लो गुणादीमा डेरा गरी बस्ने एक महिलाको घाँस काट्ने क्रममा करेण्ट लागेर ज्यान गएको छ । भोजपुर जिल्ला घर भई हाल कृष्ण रानाभाटका घरमा डेरा गरी बस्ने ५४ वर्षीय सीता राईको ज्यान गएको हो । 

रुखमा चढेर घाँस काट्ने क्रममा रुखको हाँगाले हाइटेन्सन तारमा छुँदा करेण्ट लागेर गम्भीर घाइते भएकी ती महिलाको उपचारका क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको हो ।

राईकाे शव दमौली अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया