दाङ : प्रहरीलाई दिन लैजाँदै गरिएकाे गाडीले ठक्कर दिँदा माेटरसाइकल चालककाे ज्यान गयाे

 जेठ २८, २०७८ शुक्रबार १२:४४:२७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेश सरकारले बाँके प्रहरीलाई प्रदान गर्न त्यसतर्फ लैजाँदै गरिएकाे गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा पूर्वदेखि पश्चिम जाँदै गरेको लु अ च ५३३४ नम्बरको गाडीले रा १ प ८४२२ नम्बरको मोटरसाइकललाई बिहीवार (हिजाे) राति ठक्कर दिएकाे थियाे । दुर्घटनामा मोटरसाइकल चालक राप्ती गाउँपालिका ३ मौरीघाटका रञ्जित चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ  ।

प्रदेश सरकाले कम्पनीबाट गाडी निकालेर बाँके प्रहरीलाई दिनका लागि त्यसतर्फ लैजाँदै गरेकाे तर हस्तान्तरण भने भइ नसकेको दाङ प्रहरीले जनाएको छ ।

ती गाडीका चालक पनि कम्पनीकै मान्छे थिए । गाडीकाे नम्बर प्लेट अस्थायी हो । मोटरसाइकललाई ठक्कर दिने गाडीसहित चालकलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया