दाङमा कुलाे निर्माणका क्रममा भएकाे विवादमा गाेली चलाउने पक्राउ

 जेठ २८, २०७८ शुक्रबार १६:१०:६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - कुलोपानीको विषयमा विवाद हुँदा दाङको तुलसीपुर-८ अश्वारामा गोली चलेको विषयमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

कुलो निर्माणकाे विषयमा विवाद हुँदा स्थानीय पूर्णबहादुर वलीले गोली चलाएका प्रहरीले जनाएको छ । गोली भने कसैलाई पनि नलागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले जानकारी दिनु भयो ।

कुलोको विषयमा विवाद हुँदा तुलसीपुर-८ चन्द्रगञ्ज वलीले पेस्तोल निकालेर गोली चलाएका थिए । उनलाई प्रहरीले अहिले नियन्त्रणमा लिइसकेको डीएसपी सिंहले जानकारी दिनुभयाे । प्रहरीले फायरिङ गरेको पेस्तोलसहित सात राउण्ड गोली नियन्त्रणमा लिएको छ ।

भारतमा बस्दै आएका उनी केही दिनअघि मात्रै घर आएका थिए । एक राउण्ड गोली चलाएर मोटरसाइकलमा भागेका वलीलाई प्रहरीले तुलसीपुरको पातुखोलाबाट नियन्त्रणमा लिएको डीएसपी सिंहले जानकारी दिनुभयो  । उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनले कसलाई गोली हान्न खोजेको भन्ने खुल्न सकेको छैन । पक्राउ पर्ने अर्का व्यक्ति तथा मोटरसाइकल चालक स्थानीय २१ वर्षीय आकाश चौधरी रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया