दाङ : दश पालिकाका ४२ वडा बाढी र पहिराेकाे उच्च जाेखिममा

 असार ३, २०७८ बिहिबार २०:१:३७ | हेमराज शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ – दाङका दश वटा पालिकाका एक सय वडामध्ये ४२ वटा वडा बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् ।

राप्ती नदीको किनारमा रहेका राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिका तथा बबई नदीको तटीय क्षेत्रमा रहेका घोराही, तुलसीपुर, दङ्गीशरण, शान्तिनगर र बबई गाउँपालिकाका ३५ वटा वडा बाढीको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

बङ्गलाचुली गाउँपालिकासहितका ६ वटा वडा भने पहिरोको उच्च जोखिममा रहेका छन् । बाढीले पार्न सक्ने डुबान तथा कटान नियन्त्रणका लागि काम भइरहेकाे र विपद् आइहाले उद्धारका लागि समुदाय, पालिकार जिल्ला तहमा जिम्मेवारी बाँडेर तयारी अवस्थामा रहेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल बताउनुहुन्छ ।

बाढीका कारण रातभर राप्ती नदीको टापुमा बसेका चार जनालाई बुधवार बिहान उद्धार गरिएको छ । समुदायस्तरमा विपद्को पूर्वसूचना प्रणाली निर्माण, उद्धार गर्ने टोली निमार्ण तथा उद्धार गरेकाहरूलाई राख्नका लागि ठाउँ चयनसमेत गरिसकिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । राप्ती र बबई नदीबाहेक जिल्लाका अन्य खहरे खोलाले पनि बस्तीहरू कटान तथा डुबान गर्ने गरेका छन् ।

दाङमा २०७१ र २०७४ सालमा आएको बाढीले ठूलाे क्षति पुर्‍याएकाे थियो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया